गणेश यादवको शवको प्रतीक्षामा परिवार र स्थानीय, आजै अन्त्येष्टि गरिने

गणेश यादवको शवको प्रतीक्षामा परिवार र स्थानीय, आजै अन्त्येष्टि गरिने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १६:२२
गणेश यादवको शवको प्रतीक्षामा परिवार र स्थानीय, आजै अन्त्येष्टि गरिने

सिरहा : सुनसरी घटनापछि उत्पन्न तनावका बीच सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको शव आज गाउँ ल्याइँदै छ। शव गाउँ ल्याइएपछि आजै अन्त्येष्टि गरिने तयारी गरिएको परिवारले जनाएको छ।

मृतक गणेशका पिता रामवृक्ष यादवसहित परिवारका सदस्य, आफन्त तथा स्थानीयवासी बिहानदेखि नै शवको प्रतीक्षामा बसेका छन्। गाउँमा शोकको वातावरण छ भने गणेशको घरअगाडि श्रद्धाञ्जली अर्पण गर्न स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको छ।

ADVERTISEMENT

स्थानीयका अनुसार शव गाउँ पुगेपछि अन्तिम श्रद्धाञ्जलीका लागि केही समय तुलसियाहीस्थित बाबा कुटीमा राखिनेछ। त्यसपछि धार्मिक परम्पराअनुसार गागन खोलाको किनारमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

गणेशको मृत्यु भएपछि गाउँमा शोक छाएको छ। स्थानीयवासी तथा शुभेच्छुकहरूले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरिरहेका छन्।

यसअघि गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि मधेशका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो भने प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १६:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !