एनपीएलमा आज दुई भिडन्त : विराटनगर र लुम्बिनी दोस्रो जितको खोजीमा, पोखरालाई दबाब

एनपीएलमा आज दुई भिडन्त : विराटनगर र लुम्बिनी दोस्रो जितको खोजीमा, पोखरालाई दबाब
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १७, मंगलवार १०:४३
एनपीएलमा आज दुई भिडन्त : विराटनगर र लुम्बिनी दोस्रो जितको खोजीमा, पोखरालाई दबाब

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

आजको पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्नेछन् । तीन खेल खेलेको विराटनगरले एक जित मात्रै हात पारेको छ । अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने लक्ष्यसहित विराटनगर दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

ADVERTISEMENT

यता, जनकपुर बोल्ट्सले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । लगातार दुई जित निकालिसकेको जनकपुर आज तेस्रो जित दर्ता गर्दै आफ्नो लय कायम राख्न चाहन्छ ।

त्यस्तै, आज साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई खेल खेलेको लुम्बिनीले एक जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको थियो । लुम्बिनी आज दोस्रो जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछ ।

अर्कोतर्फ, पोखरा एभेन्जर्सका लागि आजको खेल महत्वपूर्ण हुनेछ । प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्न पोखरा जितको दबाबसहित मैदानमा उत्रिनेछ ।

आजका दुवै खेलले एनपीएलको अंक तालिका र टोलीहरूको आगामी यात्रामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८३ कार्तिक १७, मंगलवार १०:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !