प्रेस स्वतन्त्रता र संविधानमाथिको हस्तक्षेपविरुद्ध कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

प्रेस स्वतन्त्रता र संविधानमाथिको हस्तक्षेपविरुद्ध कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १६, सोमबार १०:२१
प्रेस स्वतन्त्रता र संविधानमाथिको हस्तक्षेपविरुद्ध कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ। सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा साझा धारणा बनाउन कांग्रेसले बैठक बोलाएको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको छ।

ADVERTISEMENT

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ।

संसदीय दलका नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुनेछ।

त्यसैगरी, विभिन्न घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, अनुसन्धान प्रक्रियालाई निष्पक्ष बनाउनुपर्ने र सरकारका गतिविधिमाथि निगरानी राख्न प्रतिपक्षी दलहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि छलफल हुने जनाइएको छ।

सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दलहरूको साझा धारणा निर्माण गर्दै सरकारलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १६, सोमबार १०:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !