सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १७, मंगलवार १०:३८
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशीको मृत्यु, एक घाइते

काठमाडौं : सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र अर्का एक जना घाइते भएका हुन् ।

ADVERTISEMENT

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएर दुर्घटनामा परेका हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा आपसमा ठोक्किएको जानकारी प्राप्त भएको बताए । उनले घटनाबारे थप विवरण संकलन भइरहेको पनि जानकारी दिएका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २०८३ कार्तिक १७, मंगलवार १०:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !