स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १६, सोमबार १०:१६
स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

गत बिहीबारदेखि अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो। इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हेलिकोप्टरमार्फत राजधानी ल्याउने व्यवस्था मिलाइएको छ।

ADVERTISEMENT

सरकारले आफूले उठाएका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै डा. केसीले गत बिहीबार इलामस्थित नारायण मन्दिरमा आमरण अनशन सुरु गरेका थिए।

डा. केसीले यसलाई आफ्नो २५औँ सत्याग्रह बताएका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्नुपर्ने तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै उनी पटक–पटक अनशन बस्दै आएका छन्।

प्रकाशित मिति: २०८३ कार्तिक १६, सोमबार १०:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !