२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना, स्वास्थ्य अवस्था कमजोर

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना, स्वास्थ्य अवस्था कमजोर
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १५, आईतवार १०:५०
२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना, स्वास्थ्य अवस्था कमजोर

इलाम : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम अस्पताल भर्ना गरिएको छ।

सत्याग्रह सुरु गरेको तेस्रो दिनमै स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार उनलाई अस्पताल लगिएको हो।

ADVERTISEMENT

पानी मात्रै पिएर अनशनमा रहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घटेको छ भने बोल्नसमेत कठिनाइ हुन थालेको बताइएको छ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालका स्वास्थ्यकर्मीको टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो। स्वास्थ्यकर्मीले प्रारम्भिक परीक्षण गरेपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याएका हुन्।

अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था थप बिग्रन सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपचार तथा निगरानीको व्यवस्था मिलाइएको छ। साथै, स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. केसीले यसपटक इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका हुन्।

प्रकाशित मिति: २०८३ कार्तिक १५, आईतवार १०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !