सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १५, शनिबार ०९:०५
सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द

काठमाडौँ : सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा अन्य सम्बन्धित संरचना निर्माणका लागि अघि बढाइएको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको छ।

आयोजनाले सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्टलगायतका संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। उक्त ठेक्काको आर्थिक प्रस्ताव कात्तिक १६ गते खोल्ने तयारी गरिएको थियो।

ADVERTISEMENT

ठेक्का प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये तीनवटा कम्पनी प्राविधिक मूल्याङ्कनमा योग्य ठहरिएका थिए। ती कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला आयोजनाले एकाएक बोलपत्र प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

आयोजनाले सार्वजनिक गरेको सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) बमोजिम बोलपत्र रद्द गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार ०९:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !