रास्वपा सचिवालय बैठक बस्दै

रास्वपा सचिवालय बैठक बस्दै
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १५, शनिबार ०८:५७
रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्नेछ।

ADVERTISEMENT

बैठकमा पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रमका साथै साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार ०८:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !