राष्ट्रपति पौडेलद्वारा बडादशैँमा नवकन्याको पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा बडादशैँमा नवकन्याको पूजाअर्चना
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १२:५५
राष्ट्रपति पौडेलद्वारा बडादशैँमा नवकन्याको पूजाअर्चना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८३ को अवसरमा नौ जना नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।

नवदुर्गाको स्वरूप मानेर नवकन्याको पूजाअर्चना गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको पूजा गरेका हुन्। सो अवसरमा प्रथम महिला सविता पौडेल पनि उपस्थित थिइन्।

ADVERTISEMENT

बडादशैँका अवसरमा राष्ट्रप्रमुखबाट नवकन्याको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। हिन्दु धार्मिक मान्यताअनुसार नवदुर्गाका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।

पूजाका क्रममा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाइदिएका थिए। साथै उनले नवकन्यालाई उपहारसमेत प्रदान गरेका थिए।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १२:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !