फ्रान्समा युवा आन्दोलन उग्र, पेरिससहित धेरै सहरमा कर्फ्यु

फ्रान्समा युवा आन्दोलन उग्र, पेरिससहित धेरै सहरमा कर्फ्यु
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १३:२०
फ्रान्समा युवा आन्दोलन उग्र, पेरिससहित धेरै सहरमा कर्फ्यु

पेरिस : फ्रान्समा युवा आन्दोलन चर्किँदै गएपछि राजधानी पेरिससहित देशका विभिन्न सहरमा रातिको समयमा कर्फ्यु लगाइएको छ। प्रदर्शन नियन्त्रण गर्न अधिकारीहरूले पेरिसका केही क्षेत्रसहित मार्सेली, बोर्डो, नाइस, लियोन र लिलमा आंशिक कर्फ्यु लागू गरेका छन्।

पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला हुँदै आएका प्लेस डे ला रिपब्लिक र ल’अल्ली किनमेल क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ। सहरको केन्द्रका अन्य केही क्षेत्रमा अनधिकृत भेलामा समेत प्रतिबन्ध लगाइएको छ।

ADVERTISEMENT

यसअघि फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले केही सहर प्रहरीको नियन्त्रणबाहिर गएको स्वीकार गरेका थिए।

गत महिना विद्यालयको अवस्था सुधारको माग गर्दै विद्यार्थीले सुरु गरेको विरोध प्रदर्शन अहिले देशव्यापी बनेको छ। आन्दोलनकारीले शिक्षासँगै महँगीलगायत अन्य राष्ट्रिय मुद्दा पनि उठाउँदै आएका छन्।

अधिकारीहरूका अनुसार आन्दोलनका क्रममा हालसम्म २ हजार ५०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा करिब १ हजार प्रहरी अधिकारी घाइते भएका छन्।

फ्रान्समा जारी आन्दोलनका केही तस्बिर

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १३:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !