कमला क्रिकेट लिग सुरु, उद्घाटन खेलमा सल्हेश किङ विजयी

कमला क्रिकेट लिग सुरु, उद्घाटन खेलमा सल्हेश किङ विजयी
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ३, सोमबार १९:०६
कमला क्रिकेट लिग सुरु, उद्घाटन खेलमा सल्हेश किङ विजयी

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा कमला क्रिकेट लिग सुरु भएको छ।

सोमबार कमला नगरपालिका–९, हटलेटवास्थित मैदानमा आयोजित लिगको उद्घाटन खेलमा कमला नगरपालिका–५ को सल्हेश किङ विजयी भएको छ।

ADVERTISEMENT

कमला युथ क्लब सघाराको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कमला नगरपालिका–४ का पूर्ववडाध्यक्ष पल्टु कबाडीले रिबन काटेर गरेका थिए।

उद्घाटन खेलमा टस जितेर सल्हेश किङले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङको निम्तो पाएको कमला नगरपालिका–९ को राजदेवी वारियर्सले ८९ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य सल्हेश किङले ८ विकेटको जित हासिल गर्दै पूरा गरेको आयोजकले जनाएको छ।

आयोजक टोलीका कप्तान मोहम्मद जाहिद राइनका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्न तथा क्रिकेटप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा कमला नगरपालिका-४ का नेता रामजुलुम यादव,युवा सुशान्त यादव,मुकेश यादवसहितका युवाहरुको सहभागीतामा प्रतियोगिता भएको थियो।

प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार १९:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !