एनपीएलको तेस्रो संस्करणमा डीआरएस लागू हुने, क्यानको घोषणा

एनपीएलको तेस्रो संस्करणमा डीआरएस लागू हुने, क्यानको घोषणा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार ११:०६
एनपीएलको तेस्रो संस्करणमा डीआरएस लागू हुने, क्यानको घोषणा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी संस्करणमा डीआरएस प्रविधि प्रयोग गरिने जानकारी दिएको हो।

ADVERTISEMENT

क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए। उनका अनुसार दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको थियो। त्यसको शुद्धता मूल्यांकन गरेपछि अन्तिम निर्णय लिने तयारी गरिएको थियो।

डीआरएस क्रिकेटमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। यसले अम्पायरको निर्णयमा चित्त नबुझेमा सम्बन्धित टोलीलाई रिभ्यू माग्ने अवसर दिन्छ। यसबाट गलत निर्णय सच्याउन र खेललाई थप निष्पक्ष बनाउन सहयोग पुग्छ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्ल्युको निर्णय पुनरावलोकन गर्न फुल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसबाहेक रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि रिभ्यू गर्न सकिनेछ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) को माध्यमबाट ब्याटमा बल लागेको वा नलागेको पत्ता लगाउने एज डिटेक्सन प्रविधिसमेत प्रयोग हुनेछ। बलको उचाइका आधारमा वाइडको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङसम्बन्धी तथ्यांक पनि उपलब्ध हुने क्यानले जनाएको छ।

डीआरएसको प्रयोगले एनपीएलमा अम्पायरिङसम्बन्धी विवाद कम गर्न तथा खेलको निष्पक्षता र विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार ११:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !