रसुवा बाढी प्रभावितका लागि ढल्केवरमा रक्तदान, २२५ जनाले दिए रगत

रसुवा बाढी प्रभावितका लागि ढल्केवरमा रक्तदान, २२५ जनाले दिए रगत
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २२, सोमबार ०८:५६
रसुवा बाढी प्रभावितका लागि ढल्केवरमा रक्तदान, २२५ जनाले दिए रगत

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा २२५ जनाले रक्तदान गरेका छन्।

रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारका क्रममा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

ADVERTISEMENT

कार्यक्रममा स्थानीयवासी, व्यवसायी, युवा, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतले रक्तदान गरेका थिए।

रक्तदानअघि रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना गरिएको थियो।

‘रक्तदान जीवनदान’ भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाको सहभागिता रहेको थियो।

मिथिला लायन्स क्लब, ढल्केवर खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेस प्रदेश उद्योग परिसंघ र मिथिला युवा सञ्जालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी धनुषा र ब्लड फर नेपालको प्राविधिक सहयोग रहेको थियो।

प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ०८:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !