सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १७, बुधबार १२:०९
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं :  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको छ।

ADVERTISEMENT

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको थियो।

लगातार बढ्दो क्रममा रहेको सुनचाँदीको मूल्यमा आज एकैदिन उल्लेख्य गिरावट आएको हो।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार १२:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !