भदौ १५ सम्म भोटेकोशी बाढीमा झण्डै २६ अर्बको बीमा दाबी

भदौ १५ सम्म भोटेकोशी बाढीमा झण्डै २६ अर्बको बीमा दाबी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार १५:४८
भदौ १५ सम्म भोटेकोशी बाढीमा झण्डै २६ अर्बको बीमा दाबी

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बीमा कम्पनीमा बाढीबाट भएको क्षतिबापत कुल २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको हो।

ADVERTISEMENT

सबैभन्दा ठूलो दाबी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीका ८ जना बीमितले करिब १३ अर्ब रुपैयाँ बराबरको अनुमानित बीमा दाबी गरेका छन्।

युनाइटेड अजोडमा ३८ बीमितले ४ अर्ब ९७ करोड रुपैयाँ, सानिमा जीआईसीमा १०२ बीमितले २ अर्ब १० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरमा ६७ बीमितले १ अर्ब ८८ करोड रुपैयाँ र शिखर इन्स्योरेन्समा १२७ बीमितले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।

त्यस्तै, हिमालयन एभरेस्टमा ४५ बीमितले ६४ करोड रुपैयाँ, नेको इन्स्योरेन्समा ६६ बीमितले ५१ करोड रुपैयाँ, सगरमाथा लुम्बिनीमा ३२ बीमितले २४ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्समा ३२ बीमितले २३ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्।

आइजीआई प्रुडेन्सियलमा २६ बीमितले १८ करोड रुपैयाँ, एनएलजीमा २१ बीमितले ११ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ बीमितले ३ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ बीमितले ७६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्समा २ बीमितले ५३ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १ बीमितले ५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।

कुन बीमामा कति दाबी ?

प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत ५२ बीमितले २० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी गरेका छन्।

त्यस्तै, सम्पत्ति बीमाअन्तर्गत ११३ बीमितले २ अर्ब ३४ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्। मोटर बीमाअन्तर्गत ३१३ बीमितले १ अर्ब ५५ करोड रुपैयाँको अनुमानित दाबी गरेका छन्।

परिवहन बीमाअन्तर्गत ४७ बीमितले ८९ करोड रुपैयाँ र अन्य बीमाअन्तर्गत ५४ बीमितले ५२ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्।

स्वास्थ्य बीमाअन्तर्गत भने ४ बीमितले ४ करोड १६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यी दाबीहरू प्रारम्भिक अनुमानमा आधारित छन्। क्षतिको विस्तृत मूल्यांकन तथा बीमासम्बन्धी आवश्यक प्रक्रिया पूरा भएपछि वास्तविक दाबी रकममा परिवर्तन हुन सक्नेछ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १५:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !