रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार ११:४२
रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। बेपत्ता भएकामध्ये मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शव फेला परेका छन्। रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० तथा चितवनमा ३२१ जनाको शव फेला परेको छ।

ADVERTISEMENT

बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यस घटनामा २७९ जना घाइते भएका छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको काम जारी रहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार ११:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !