दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १२:२९
दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न प्रहरीलाई आदेश दिएको छ।

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो।

ADVERTISEMENT

अदालतले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सम्बन्धित प्रहरी निकायलाई निर्देशन दिएको छ।

यस्तै, प्रसाईंको घर खानतलासीका क्रममा बरामद भएका सामानसहित अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ।

प्रहरीले गत भदौ ४ गते प्रसाईंको घरमा खानतलासी गरेको थियो। सो क्रममा बरामद भएका सामानसमेत पेसीको दिन अदालतमा लिएर आउन भक्तपुर प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको हो।

प्रसाईंलाई पक्राउ तथा घर खानतलासी गर्नुको कारण र त्यसक्रममा अपनाइएको कानुनी प्रक्रियाबारे अदालतले प्रहरीसँग जवाफ मागेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १२:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !