गरिमाका आमा–बुवा सरकारसँग छलफल गर्न गृह मन्त्रालयमा

गरिमाका आमा–बुवा सरकारसँग छलफल गर्न गृह मन्त्रालयमा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ६, शनिबार १८:४०
गरिमाका आमा–बुवा सरकारसँग छलफल गर्न गृह मन्त्रालयमा

सिमरा (बारा) : बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौं पुगेका छन् ।

गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्तासहित शनिबार अपराह्न सिमरा विमानस्थलबाट काठमाडौं ल्याइएको हो । काठमाडौं पुगेपछि उनीहरूलाई छलफलका लागि गृह मन्त्रालय पुर्‍याइएको छ ।

ADVERTISEMENT

गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा गरिमाको हत्या प्रकरण र परिवारले उठाउँदै आएका मागबारे छलफल हुने बताइएको छ । छलफलमा कृषिमन्त्री गीता चौधरी पनि सहभागी भएकी छन् ।

काठमाडौं आउनुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नी छोरीको न्यायका लागि जारी आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

गरिमा चौधरीको हत्या प्रकरणपछि दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासी तथा अभियन्ताहरूले आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार १८:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !