मकवानपुर जिप दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु

मकवानपुर जिप दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १२:५६
मकवानपुर जिप दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा ४९ वर्षीया लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ। उनी उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन्। लक्ष्मीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप मंगलबार बिहान करिब ७ बजे भीमफेदी–६ स्थित जुरिखेतमा अनियन्त्रित भई सडकबाट तल खोल्सामा खसेको थियो।

दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार ५७ वर्षीय तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र, ३१ वर्षीया रिता तथा जिप चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका थिए।

मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहेको छ। बडु परिवारका घाइते सदस्यलाई भने नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

उनीहरूलाई मंगलबार बिहान करिब १०ः१५ बजे छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएको केही समयमै, करिब १०ः३० बजे चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १२:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !