ग्वार्को फ्लाईओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते

ग्वार्को फ्लाईओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २१, बिहीबार ११:३२
ग्वार्को फ्लाईओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते

जनकपुर : ललितपुरको ग्वार्को फ्लाईओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

बिहीबार बिहान करिब १०:३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्को फ्लाईओभरमा अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा घाइते भएका ६ जनालाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक रूपमा बस कसरी अनियन्त्रित भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २१, बिहीबार ११:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !