गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति, पाँच मोटरसाइकल पुरिए

गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति, पाँच मोटरसाइकल पुरिए
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २१, बिहीबार ११:१३
गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति, पाँच मोटरसाइकल पुरिए

जनकपुर : गोरखामा लगातारको वर्षापछि खसेको पहिरोले एक पेट्रोल पम्प र एक घरमा क्षति पुर्‍याएको छ। गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्प तथा पालुङटार नगरपालिका–१ कोलकोटेमा पहिरोले भौतिक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ बजे पेट्रोल पम्पको पछाडिबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन पुरेको छ। साथै पम्प परिसरमा पार्किङ गरेर राखिएका पाँच वटा मोटरसाइकलसमेत पहिरोमा पुरिएका छन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउने तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।

यस्तै, बुधबार राति पालुङटार नगरपालिका–१ कोलकोटेमा लेदोसहित आएको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। भूकम्पपछि निर्माण गरिएको उक्त घरमा बस्न नसकिने अवस्था भएपछि परिवार अहिले पुरानै घरमा सरेको प्रहरीले जनाएको छ।

दुवै घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ भने थप क्षतिको जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २१, बिहीबार ११:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !