सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी, तनाव नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा

सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी, तनाव नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार १८:१६
सिरहाको गोलबजारस्थित एबी मलमा आगजनी, तनाव नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा

जनकपुर : सिरहामा जारी प्रदर्शनका बीच गोलबजारस्थित एबी मलमा आगजनी भएको छ। प्रदर्शन चर्किंदै गएपछि जिल्लाको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।

प्राप्त जानकारीअनुसार बिहीबार बिहानदेखि बढेको तनावका क्रममा गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। आगलागीबाट मलमा क्षति पुगेको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

ADVERTISEMENT

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। त्यसका बाबजुद प्रदर्शन जारी रहेपछि सुरक्षा निकायले थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

प्रहरीले आगलागी नियन्त्रण तथा भीडलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ। घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ भने आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, जिल्लाको समग्र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, कर्फ्यू आदेशको पालना गर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १८:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !