गायक अशोक दर्जीमाथि हातपात भएको भिडियो भाइरल

गायक अशोक दर्जीमाथि हातपात भएको भिडियो भाइरल
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ११, सोमबार १२:२५
गायक अशोक दर्जीमाथि हातपात भएको भिडियो भाइरल

काठमाडौं : बाल गायक अशोक दर्जीलाई बिच सडकमा युवाहरूले हातपात गरिरहेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।

केही वर्ष अगाडि सडकमा गीत गाएर रातारात भाइरल भएका अशोक दर्जी अभद्र व्यवहारको सिकार भएका छन्। हाल भाइरल भइरहेको भिडियोमा पैसाको विवादलाई लिएर रातको समय केही अपरिचित युवाहरूले उनलाई घेरेर पटकपटक थप्पड हानिरहेको तथा अभद्र गाली गरिरहेको देख्न सकिन्छ।

ADVERTISEMENT

‘पैसा कहिले दिने, गायक मान्छे भएर अर्काको पैसा खाने’ जस्ता आरोप लगाउँदै उनलाई थप्पड हानिरहेको भिडियोमा स्पष्ट छ। पृष्ठभूमिमा अर्का एक व्यक्तिले रोक्न खोजे पनि ती युवकले क्यामराकै अगाडि अशोकमाथि हातपात गरिरहन्छन्।

भाइरल भिडियोले सबैलाई स्तम्भ बनाएको छ। भिडियो कहिलेको भने खुलेको छैन। विगत केही समययता उनी संगीतकार टंक बुढाथोकीको घर छोडेर आफ्नो झापास्थित घर फर्किएर पढाइ अगाडि बढाइरहेका छन्। उनी अभिनित चलचित्र ‘पार्वती’ भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा छ।

प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !