पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १०, आईतवार ११:३९
पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

काठमाडौं : पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैँचाबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार साउन ९ गते साँझ करिब ७:३० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले बगैँचामा लुकाइराखिएको अवस्थामा १३ वटा पोकामा प्याक गरिएको १४० किलो गाँजा फेला पारेको हो।

ADVERTISEMENT

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्ति तथा गाँजाको स्रोतबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १०, आईतवार ११:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !