शिक्षामन्त्रीलाई कालो झण्डा र कालै बेलुनले स्वागत

शिक्षामन्त्रीलाई कालो झण्डा र कालै बेलुनले स्वागत
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३, आईतवार २१:३२
शिक्षामन्त्रीलाई कालो झण्डा र कालै बेलुनले स्वागत

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आइतबार चितवनमा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध गरेका छन्।

मन्त्री पोखरेल सहभागी भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक माग र असन्तुष्टि व्यक्त गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले कालै बेलुनसमेत उडाएर मन्त्री पोखरेलको आलोचना गरे ।

ADVERTISEMENT

प्रदर्शनका क्रममा उनीहरूले वालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध नाराबाजी पनि गरे। शिक्षामन्त्रीलाई कालोझण्डा देखाइएको स्थानमा सयौँको संख्यामा सुरक्षाकर्मी उतारिएको थियो।

विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। विद्यार्थीहरूले विरोधको कारणबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

पछिल्लो समय शिक्षासम्बन्धी नीति तथा नियमावलीको विरोधमा देशभर विभिन्न विद्यार्थी र शैक्षिक क्षेत्रसँग सम्बन्धित संगठनहरू आन्दोलित छन्।

प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार २१:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !