बिजनेस नपाएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित

बिजनेस नपाएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित
मधेशपत्र मधेशपत्र २०८३ असार ३१, बुधबार १८:५९
बिजनेस नपाएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित

नेपालः प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुई साताका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। प्रतिनिधि सभाको अर्को बैठक आउँदो साउन १४ गते बिहान ११ बजे बस्नेछ।

ADVERTISEMENT

सरकारले संसद्लाई बिजनेस नदिएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित गरिएको हो। बुधबार प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दुई साता स्थगित गर्ने सहमति बनेको थियो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसद्मा बिजनेस नभएको जानकारी गराएका थिए। त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकले दुई सातालाई बैठक स्थगित गर्न सहमति जनाएका थिए।

प्रकाशित मिति: २०८३ असार ३१, बुधबार १८:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !