त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १८, शुक्रबार ०९:५२
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनामा दिएका छन् ।

ADVERTISEMENT

आफूहरू कक्षाकोठामा रमाउने प्राध्यापक भएकाले नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए । हालै सिफारिस भएको अध्यादेशमा पनि पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका कतिपय नेताको पनि त्यस्तै आशय देखिएपछि पदाधिकारीले बिहीबार कुलपति वालेन्द्र शाहलाई राजीनामा पठाएका हुन् ।

केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार ०९:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !