एनपिएलमा जनकपुर बोल्ट्सको पहिलो जित

एनपिएलमा जनकपुर बोल्ट्सको पहिलो जित
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १६, मंगलवार १५:३६
एनपिएलमा जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौँ : साविक च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार ४ हारको श्रृंखलाको अन्त्य गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको छ। जितसँगै ‘प्लेअफ’को गणितीय सम्भावनालाई कायम राख्नसमेत सफल भयो।

चितवन राइनोजले दिएको १ सय ७७ रनको लक्ष्य जनकपुरले १५ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गर्‍यो।

ADVERTISEMENT

जनकपुरको जितमा ओपनर मज सदाकले ६३ रनको इनिङ्स खेल्दा कप्तान अनिल साहले ६१ रनको इनिङ्स खेले। त्यस्तै, जन निकोल लोफ्टाइ इटनले ११ रन बनाउँदा आसिफ शेखले १८ रनको योगदान दिएका थिए। त्यस्तै, आदित्य महताले ७ बलमा १८ रन बनाउँदै अविजित रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो।

चितवनलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याउने क्रममा ओपनर डेविड मलानले ८० रन र अर्का ओपनर अर्जुन साउँदले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। यी दुईबीच पहिलो विकेटका लागि १ सय १२ रनको साझेदारी भएको थियो।

मध्यक्रममा ब्याटिङका लागि आएका कप्तान कुशल मल्लले १४ बलमा ३० रनको अर्धशतकीय अविजित इनिङ्स खेले। जनकपुरका लागि मज सदाक, अनिल साहा, रुपेश सिंह र जन निकोल लोफ्टाइ इटोनले १-१ विकेट लिएका थिए।

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार १५:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !