भोलिसम्म शिक्षकको तलब नदिने प्रधानाध्यापकलाई कारबाही गरिनेछ: शिक्षामन्त्री पुन

भोलिसम्म शिक्षकको तलब नदिने प्रधानाध्यापकलाई कारबाही गरिनेछ: शिक्षामन्त्री पुन
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ११, शनिबार १०:३२
भोलिसम्म शिक्षकको तलब नदिने प्रधानाध्यापकलाई कारबाही गरिनेछ: शिक्षामन्त्री पुन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भोलि (आइतबार)सम्म शिक्षकको तलब नदिने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

शिक्षकहरूबाट तलब नपाएको गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री पुनले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई भोलि नै तलब दिन निर्देशन दिएका हुन् ।

ADVERTISEMENT

शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार १०:३२
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !