मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि सर्‍यो

मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि सर्‍यो
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ६, सोमबार १४:४७
मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि सर्‍यो

काठमाडौंः आज दिउँसो २ बजे हुने भनिएको मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम एक घण्टा पछि सरेको छ ।

दिउँसो २ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि सारिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि हिजो पाँच जनाको नाम सिफारिस थिइन्, जसमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचना समितिका संयोजक मदन परियार रहेका छन् ।

यीमध्ये विवादका कारण मिश्राको नाम ‘होल्ड’ गरिएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ६, सोमबार १४:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !