नायव सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति

नायव सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १६, सोमबार २२:०४
नायव सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति

काठमाडौँ : संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।

ADVERTISEMENT

यसअघि प्रतिनिधि सभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था थियो । राष्ट्रिय सभामा पुग्दा यो व्यवस्था उल्टिएको हो ।

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार २२:०४
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !