अभ्यास खेलमा नेपाल विजयी,रोहित पौडेलले हाने शतक

अभ्यास खेलमा नेपाल विजयी,रोहित पौडेलले हाने शतक
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार १५:१२
अभ्यास खेलमा नेपाल विजयी,रोहित पौडेलले हाने शतक

काठमाडौं: अभ्यास एक दिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई पराजित गरेको छ । खेलमा कप्तान रोहित पौडेलले शतक प्रहार गरे ।

शनिबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो । साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पूरा गर्‍यो ।

ADVERTISEMENT

खेलमा कप्तान रोहित पौडेलले नट आउट १ सय १ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २ सय ४२ रन बनायो ।
नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले समान १ विकेट हात पारे ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १५:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !