पूजा महतो उत्कृष्ट जुनियर खेलाडी अवार्ड हात पारिन्

पूजा महतो उत्कृष्ट जुनियर खेलाडी अवार्ड हात पारिन्
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १३, शुक्रबार २२:०४
पूजा महतो उत्कृष्ट जुनियर खेलाडी अवार्ड हात पारिन्

काठमाडौँ : यू-१९ महिला क्रिकेट टिमकी कप्तान तथा सिनियर राष्ट्रिय टिमकी उपकप्तान पूजा महतो उत्कृष्ट जुनियर खेलाडीको अवार्डबाट सम्मानित भएकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६२औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा महतोलाई सम्मान गरिएको हो।

ADVERTISEMENT

महतो नेपाली महिला क्रिकेटमा उदाउँदै गरेकी प्रतिभा मानिन्छिन्। उनले यू-१९ टिमलाई नेतृत्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् भने हाल राष्ट्रिय सिनियर टिममा उपकप्तानको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

राखेपले वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा संघसंस्थालाई सम्मान गर्ने परम्परा रहेको छ। यसै क्रममा महतोले उत्कृष्ट जुनियर खेलाडीको अवार्ड हात पारेकी हुन्।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार २२:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !