साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ११, बुधबार ०९:३२
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समयअनुसार खेल आज अपराह्न २:४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो।

ADVERTISEMENT

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ। तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ। घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन्।

खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छभने १५ गते भुटानसँग भिड्ने छ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार ०९:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !