हिन्दीपछि नेपाली भाषामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले स्थापित गरे नयाँ कूटनीतिक नजिर

हिन्दीपछि नेपाली भाषामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले स्थापित गरे नयाँ कूटनीतिक नजिर
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ७, सोमबार १४:५३
हिन्दीपछि नेपाली भाषामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले स्थापित गरे नयाँ कूटनीतिक नजिर

नयाँदिल्ली: भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपाली भाषामै सम्बोधन गर्दै नयाँ कूटनीतिक अभ्यासको सुरुवात गरेका छन्।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भएको उच्चस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले आ–आफ्नो राष्ट्रिय भाषामा मन्तव्य राखेका हुन्।

यसअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने संयुक्त पत्रकार सम्मेलनमा अङ्ग्रेजी भाषाको प्रयोग हुँदै आएकोमा यसपटक भने फरक अभ्यास देखिएको छ। भारतीय प्रधानमन्त्री मोदीले हिन्दी भाषामा आफ्नो मन्तव्य राखे भने प्रधानमन्त्री शाहले पूर्ण रूपमा नेपाली भाषामै सम्बोधन गरे।

ADVERTISEMENT

दुवै नेताले आफ्नै भाषामा सम्बोधन गरे पनि कार्यक्रममा उपस्थित कूटनीतिक प्रतिनिधि, उच्च अधिकारी तथा सञ्चारकर्मीका लागि अङ्ग्रेजी भाषामा अनुवाद सुन्ने व्यवस्था मिलाइएको थियो।

प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा नेपाली भाषालाई प्राथमिकता दिनुलाई नेपालको राष्ट्रिय पहिचान, भाषा र स्वाभिमानप्रतिको सम्मानका रूपमा हेरिएको छ। उनको यो कदमले नेपाली भाषाको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको भन्दै प्रशंसा भइरहेको छ।

यसैबीच, दुई प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तामा व्यापार, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी तथा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ राष्ट्रिय गुरुयोजनालगायतका विषयमा छलफल भएको थियो।

भ्रमणका क्रममा दुवै नेताले संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवा र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट उद्घाटन तथा शिलान्याससमेत गरेका छन्।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार १४:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !