साउदी अरबमा हुथीको ड्रोन आक्रमण : तीन नेपालीसहित ११ जना घाइते

साउदी अरबमा हुथीको ड्रोन आक्रमण : तीन नेपालीसहित ११ जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार १०:४५
साउदी अरबमा हुथीको ड्रोन आक्रमण : तीन नेपालीसहित ११ जना घाइते

काठमाडौं : साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको ड्रोन आक्रमणमा तीन नेपाली नागरिकसहित ११ जना घाइते भएका छन्।

साउदी सिभिल डिफेन्सले मंगलबार दिएको जानकारीअनुसार आक्रमणमा परी घाइते हुनेमा तीन नेपाली, दुई साउदी, दुई भारतीय र चार इजिप्टका नागरिक रहेका छन्।

यमनमा वैधता पुनर्स्थापनाका लागि गठित गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले उक्त आक्रमण हुथी विद्रोही समूहले ड्रोनमार्फत गराएको बताएका छन्।

ADVERTISEMENT

उनले सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारलाई योजनाबद्ध रूपमा निशाना बनाइएको घटनाको कडा जवाफ दिइने चेतावनीसमेत दिएका छन्।

घटनापछि साउदीका सम्बन्धित सुरक्षा तथा उद्धार निकायले तत्काल प्रतिकार्य सुरु गरेका थिए। सिभिल डिफेन्सका अनुसार घाइतेको उद्धार तथा सम्भावित जोखिम व्यवस्थापनका लागि स्वीकृत सुरक्षा प्रक्रिया र मापदण्ड लागू गर्दै मानवीय क्षति न्यूनीकरणका आवश्यक कदम चालिएको छ।

आक्रमणमा तीन नेपाली नागरिकसमेत घाइते भएपछि साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चासो बढेको छ।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार १०:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !