टप इन्ड टी–२० शृङ्खला : पाँचौ खेलमा नेपाल आज मेलबर्न रेनेगेड्ससँग भिड्दै

टप इन्ड टी–२० शृङ्खला : पाँचौ खेलमा नेपाल आज मेलबर्न रेनेगेड्ससँग भिड्दै
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार ०७:४४
टप इन्ड टी–२० शृङ्खला : पाँचौ खेलमा नेपाल आज मेलबर्न रेनेगेड्ससँग भिड्दै

काठमाडौं: अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपालले आज आफ्नो पाँचौ खेल खेल्दैछ। पार्मस्टनमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने खेलमा नेपाल मेलबर्न रेनेगेड्ससँग भिड्नेछ।

लगातार तीन खेलमा पराजित भएको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो। यसअघि नेपाल आयोजक नर्दन टेरिटोरी स्ट्राइस, बङ्गलादेश ‘ए’ र मेलबर्न स्टार्ससँग पराजित भएको थियो।

ADVERTISEMENT

प्रतियोगितामा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्। यसअन्तर्गत नेपालले आगामी शुक्रबार पाकिस्तान साहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो शृङ्खला र त्यसपछिका अभ्यास खेल अस्ट्रेलियामै खेल्दैछ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार ०७:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !