सहिद मण्डलको स्मृतिमा रक्तदान कार्यक्रम सुरु

सहिद मण्डलको स्मृतिमा रक्तदान कार्यक्रम सुरु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार १५:३४
सहिद मण्डलको स्मृतिमा रक्तदान कार्यक्रम सुरु

जनकपुरधाम : सहिद चन्देश्वर मण्डलको २० औँ स्मृति दिवसको अवसरमा आइतबार मिथिला विहारी नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

मिथिला विहारी नगरपालिका–३ स्थित जनमुक्ति चौकमा नेकपा (माओवादी केन्द्र) नगर समितिको आयोजनामा स्मृतिसभा तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

मधेश रक्त संचार सेवा मुजेलियाको प्राविधिक सहयोगमा नेकपा माओवादी केन्द्रका नेताकार्यकर्ताहरुले रक्तदान गरिरहेको छ।

रक्तदाताहरुले रक्तदान गरि सहिद मण्डलप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद चन्देश्वर मण्डलले देखाएको बाटो अनुसरण गर्दै समाज परिवर्तनका अभियानलाई अगाडि बढाउनुपर्ने धारणा राखे। सहिदहरूको सपना पूरा गर्न सबै वर्ग एकीकृत रूपमा लाग्नुपर्नेमा उनीहरूले जोड दिए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता, कार्यकर्ता, विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि तथा स्थानीयवासिन्दाको उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १५:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !