जनकपुरमा पत्रकारमाथि हमला गर्ने वकिलमाथि कारबाहीको माग गर्दै धर्ना

जनकपुरमा पत्रकारमाथि हमला गर्ने वकिलमाथि कारबाहीको माग गर्दै धर्ना
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार १४:३०
जनकपुरमा पत्रकारमाथि हमला गर्ने वकिलमाथि कारबाहीको माग गर्दै धर्ना

जनकपुरधाम : पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै पत्रकारहरूले जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा पत्रकारहरूले आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयको मुख्य गेटमा धर्ना दिएका हुन्। उनीहरूले ‘आक्रमणकारी वकिललाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘पत्रकारलाई सुरक्षा देऊ’ लगायत नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

ADVERTISEMENT

गत साउन २७ गते गुठी संस्थानबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुनी प्रक्रियामार्फत लिजमा लिएको ४ कठ्ठा जग्गामा संरक्षण कार्य गर्दै गर्दा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिल समूहले पत्रकारमाथि हमला गरेका थिए।

त्यस क्रममा पत्रकार महासंघ प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

आक्रमणमा संलग्न रहेको आरोपमा पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि प्रहरीले अझै उनीहरूलाई पक्राउ गरेको छैन।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १४:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !