सात वर्षमा दोब्बरभन्दा बढी बढ्यो मधेश प्रदेशको आन्तरिक राजस्व

सात वर्षमा दोब्बरभन्दा बढी बढ्यो मधेश प्रदेशको आन्तरिक राजस्व
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार १८:४८
सात वर्षमा दोब्बरभन्दा बढी बढ्यो मधेश प्रदेशको आन्तरिक राजस्व

जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा विगतका सबै वर्षको तुलनामा सर्वाधिक आन्तरिक राजस्व संकलन गरेको छ।

प्रदेश सरकारले यस वर्ष ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। विगत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि भएको उनको भनाइ छ।

ADVERTISEMENT

महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधिमा आएको वृद्धिका कारण यस्तो उपलब्धि सम्भव भएको हो।

विगत सात वर्षको तथ्यांक हेर्दा यो वर्षको संकलन ७ वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी छ। आव ०७५/७६ मा २ अर्ब ६६ करोड १५ लाख ३६ हजार, ०७६/७७ मा २ अर्ब ७५ करोड ७२ लाख ४१ हजार, ०७७/७८ मा १ अर्ब ९५ करोड ४८ लाख ५१ हजार संकलन भएको थियो।

त्यस्तै, आव ०७८/७९ मा २ अर्ब ८८ करोड ६ लाख ३२ हजार, ०७९/८० मा ३ अर्ब ९० करोड २५ लाख २८ हजार र आव २०८०/८१ मा ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियो।

यस वर्षको संकलन प्रदेशको आन्तरिक आम्दानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार १८:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !