मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस

मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १४:५१
मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ।

सोमबार मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई राजीनामा पत्र बुझाएका हुन्।

ADVERTISEMENT

लामाले आइतबार पदबाट राजीनामा दिने घोषणा गरेका थिए। यही साउन १४ गते भएको नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा लामाले मुख्यमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएको स्रोतले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १४:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !