मधेशबासीको सुरक्षालाई प्राथमिकता दिंदै मधेश सरकारको नयाँ योजना लागू

मधेशबासीको सुरक्षालाई प्राथमिकता दिंदै मधेश सरकारको नयाँ योजना लागू
मधेशपत्र मधेशपत्र २०८२ असार ३२, बुधबार २०:२७
मधेशबासीको सुरक्षालाई प्राथमिकता दिंदै मधेश सरकारको नयाँ योजना लागू

जनकपुरधाम : मधेश प्रदेश सरकारले नागरिक सुरक्षालाई प्राथमिकता दिंदै ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम लागू गरेको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयमार्फत सुरु भएका यी कार्यक्रममार्फत दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई रु १० लाखसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

यस्तै, आगलागी, बाढी, हावाहुरी वा अन्य प्राकृतिक विपदबाट आवासमा क्षति पुगेमा रु १ लाखदेखि ५ लाख २५ हजारसम्म सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, यस कार्यक्रमको उद्देश्य विपदबाट पीडित नागरिकलाई तात्कालिक राहत दिनु र सामाजिक सुरक्षाको अनुभूति गराउनु हो।

ADVERTISEMENT

खेलकुद तथा समाज कल्याण मन्त्रालय अनुसार, “सरकार नागरिकको सुरक्षालाई केन्द्रमा राखेर अघि बढिरहेको छ। यी कार्यक्रमले विपदमा परेका नागरिकलाई राहत दिने मात्र होइन, आगामी दिनमा सुरक्षाका थप योजना बनाउने आधारसमेत तयार पार्नेछ।”

विगतमा मधेश प्रदेशका विभिन्न जिल्लामा बाढी र आगलागीले ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको पृष्ठभूमिमा सरकारले यस्तो कार्यक्रम ल्याएको हो। यो कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार २०:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !