जनकपुरधाममा प्रविधियुक्त पुस्तकालय भवनको शिलान्यास

जनकपुरधाममा प्रविधियुक्त पुस्तकालय भवनको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १४, बुधबार १२:३७
जनकपुरधाममा प्रविधियुक्त पुस्तकालय भवनको शिलान्यास

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१९ मा प्रविधियुक्त चारकोठे पुस्तकालय भवनको शिलान्यास गरिएको छ। जनचेतना सामुदायिक सिकाइ केन्द्रको आयोजना बुधबार आयोजित कार्यक्रममा उक्त पुस्तकालय भवनको शिलान्यास गरिएको हो।

मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रालयबाट रु २५ लाख बजेट विनियोजन गरिएको उक्त परियोजनाले आधुनिक प्रविधियुक्त सुविधा सहितको पुस्तकालय निर्माण गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री ज्ञानेन्द्र कुमार यादव रहेका थिए भने उपभोक्ता समितिका अध्यक्ष गणेश गुरमैता यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

ADVERTISEMENT

वडा अध्यक्ष विनोद कुमार साह, निवर्तमान वडा अध्यक्ष जगदीश यादव र सिकाइ केन्द्रका अध्यक्ष सिताराम यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए।

कार्यक्रममा बोल्दै वक्ताहरूले डिजिटल प्रविधिको विकाससँगै अनलाइन सामग्री, ई–बुक र अडियो पुस्तकहरूको प्रयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै, यस पुस्तकालयले स्थानीय समुदायमा प्रविधियुक्त अध्ययन संस्कृतिको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १२:३७

तपाईको प्रतिक्रिया !