उपसभामुख ईसरद्वारा सप्तरीको योजनाहरू अनुगमन, जनतासँग भेटघाट

उपसभामुख ईसरद्वारा सप्तरीको योजनाहरू अनुगमन, जनतासँग भेटघाट
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १४, बुधबार ०९:३२
उपसभामुख ईसरद्वारा सप्तरीको योजनाहरू अनुगमन, जनतासँग भेटघाट

जनकपुरधाम : मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी ईसरले बुधबार बिहान सप्तरी जिल्लाको रूपनी गाउँपालिका र शम्भुनाथ नगरपालिकामा प्रदेश सरकारले सञ्चालनमा ल्याएका योजनाहरूको अनुगमन गरेकी छन्।

ईसरले सञ्चालनमा रहेका र सम्पन्न भइसकेका योजनाहरूको स्थलगत निरीक्षण गर्दै योजनाको प्रभावकारिता र कार्यान्वयनको अवस्था अवलोकन गरिन्। अनुगमनक्रममा उनले योजनासम्बन्धी जानकारी लिँदै स्थानीयबासीसँग प्रत्यक्ष संवाद गरेकी थिइन्।

ADVERTISEMENT

“प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजना कार्यान्वयन गर्न आवश्यक छ। अनुगमनको उद्देश्य योजनाहरूको प्रभावकारिता बुझ्नु र जनताको आवाज सुन्नु हो,” उपसभामुख ईसरले भनिन्।

स्थानीय सरोकारवालाहरू र सर्वसाधारणसँगको छलफलमा उनले प्रदेश सरकारको प्राथमिकता र आगामी योजना कार्यान्वयनसम्बन्धी जानकारी गराउँदै जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्।

उनको अनुगमनलाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन्। अनुगमनले जनप्रतिनिधिको उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार ०९:३२

तपाईको प्रतिक्रिया !