एमाले धनुषा अधिवेशन : झडपपछि स्थगित अधिवेशन पुनः सुरु, मतदान जारी

एमाले धनुषा अधिवेशन : झडपपछि स्थगित अधिवेशन पुनः सुरु, मतदान जारी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ७, बुधबार १४:२३
एमाले धनुषा अधिवेशन : झडपपछि स्थगित अधिवेशन पुनः सुरु, मतदान जारी

जनकपुरधाम : नेकपा एमाले धनुषाको जिल्ला अधिवेशन आज जनकपुरधाममा पुनः सुरु भएको छ। वैशाख २३ गते अन्तिम नामावली प्रकाशनको विषयमा भएको झडपका कारण स्थगित अधिवेशन आज पुनः सुरु भई मतदान प्रक्रियामा प्रवेश गरेको हो।

जनकपुरस्थित महेन्द्र नारायण निधि सांस्कृतिक कला केन्द्रमा आज बिहान ११:२० बजेबाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। दिउँसो २:१५ बजेसम्म मतदान जारी रहनेछ।

ADVERTISEMENT

अध्यक्ष पदका लागि दुई उम्मेदवार भोला यादव र लक्ष्मीनारायण यादवबीच प्रतिस्पर्धा भइरहेको छ। यादव रघुवीर महासेठ निकट मानिन्छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षधर हुन्।

यसबाहेक उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव, सचिवमा दीप नारायण ठाकुर (दीपन) र धिरेन्द्र कुमार मण्डल, उपसचिवमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव प्रतिस्पर्धामा छन्। महिलातर्फको उपसचिव पदका लागि किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ उम्मेदवार बनेका छन्।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न ६२८ प्रतिनिधिले मतदानमा भाग लिँदै छन्।

गत झडपमा पाँच जना घाइते भएका थिए। विवादपछि स्थगित अधिवेशन आज पुनः सञ्चालनमा आएको हो। निर्वाचन परिणाम साँझसम्म आउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १४:२३

तपाईको प्रतिक्रिया !