इजलासमा पत्रकार श्रेष्ठ : ‘लागुऔषध अभियुक्तसँगै थुनियो, पाँच दिनदेखि निदाउन सकिनँ’

इजलासमा पत्रकार श्रेष्ठ : ‘लागुऔषध अभियुक्तसँगै थुनियो, पाँच दिनदेखि निदाउन सकिनँ’
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १९:२२
इजलासमा पत्रकार श्रेष्ठ : ‘लागुऔषध अभियुक्तसँगै थुनियो, पाँच दिनदेखि निदाउन सकिनँ’

काठमाडौं : पक्राउ गरी हिरासतमा राखिएका जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले आफूलाई लागुऔषध मुद्दाका अभियुक्तहरूसँगै राखिएको भन्दै सर्वोच्च अदालतको इजलाससमक्ष गुनासो गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा श्रेष्ठका कानुन व्यवसायी तथा सरकारी वकिलहरूको बहस सकिएपछि उनलाई आफ्ना कुरा राख्ने अवसर दिइएको थियो ।

ADVERTISEMENT

इजलासमा भावुक हुँदै श्रेष्ठले आफूलाई ५५ जना लागुऔषध अभियुक्तसँगै राखिएको दाबी गरे । उनले पाँच दिनदेखि राति निदाउन नसकेको र हिरासतमा मानसिक यातना भोग्नुपरेको बताए ।

‘एउटा कलमजीवीलाई ५५ जना लागुऔषधका अभियुक्तसँगै राखिएको छ । पाँच दिनदेखि राति निदाउन सकेको छैन श्रीमान्,’ श्रेष्ठले इजलाससमक्ष भने ।

उनले परिवारका सदस्य तथा कानुन व्यवसायीलाई समेत छुट्टै भेट्न नदिइएको गुनासो गरे । हिरासतमा लागुऔषध प्रयोगकर्ताहरूसँगै राखेर आफूलाई मानसिक रूपमा यातना दिइएको उनको भनाइ थियो ।

श्रेष्ठले आफूविरुद्ध सरकारले पूर्वाग्रह राखेर झूटो मुद्दा लगाएको दाबीसमेत गरे ।

उक्त मुद्दामा रिट निवेदकका तर्फबाट १७ जना कानुन व्यवसायी तथा सरकारका तर्फबाट चार जना सरकारी वकिलले बहस गरेका छन् । बहस सकिएपछि न्यायाधीशहरू च्याम्बरमा आदेश लेखनमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १९:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !