उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी मकवानपुरमा दुर्घटना

उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी मकवानपुरमा दुर्घटना
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार ०९:३७
उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी मकवानपुरमा दुर्घटना

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटनाग्रस्त गाडी उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीको रहेको खुलेको छ ।

काठमाडौंबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३ ०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी आज बिहान करिब सात बजेतिर दुर्घटना भएको हो ।

ADVERTISEMENT

ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख इन्सपेक्टर रमेश विष्टका अनुसार सो गाडीमा मुख्यन्यायाधीश डाँगी र चालकसहित ६ जना सवार थिए ।

घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर र अन्य पाँच जनाको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते सबैको परिचय खुल्न बाँकी छ ।

गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ । गाडी दुर्घटनास्थलमा कच्याककुचुक देखिन्छ ।

घाइतेहरुलाई उद्धार गरेर अस्पताल लगिएको छ । घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो ।

हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार ०९:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !