लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १९:१३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।

ADVERTISEMENT

कुल ८३ सदस्यीय प्रदेश सभामा मतदान प्रक्रियामा ७१ जना सांसद सहभागी भएका थिए। मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिएका छन्।

सभामा बहुमत प्राप्त भएसँगै सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।

सोमबारको बैठकमा ८ जना सांसद अनुपस्थित रहेका थिए। प्रदेश सभा सचिवालयको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलादेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भएका हुन्।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्। कांग्रेसले समर्थन फिर्ता लिएपनि अन्य सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्रीले आफ्नो बहुमत सिद्ध गरेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १९:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !