जनकपुरधाममा ई-रिक्साको मनपरी भाडा असुली, यात्रु हैरान

जनकपुरधाममा ई-रिक्साको मनपरी भाडा असुली, यात्रु हैरान
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ६, मंगलवार १४:२०
जनकपुरधाममा ई-रिक्साको मनपरी भाडा असुली, यात्रु हैरान

जनकपुरधाम : मधेश प्रदेशका राजधानीसमेत रहेका जनकपुरधाम उपमहानगरपालिकामा ई-रिक्साको अत्यधिक चाप र अनियन्त्रित भाडा असुल्ने समस्याले सर्वसाधारणलाई गम्भीर असुविधामा पारिरहेको छ।

नगर क्षेत्रमा दर्ता नगरी सञ्चालन भइरहेका ई-रिक्साहरूले जाम र ट्राफिक व्यवस्थापनमा समस्या ल्याइरहेका छन्। विशेषगरी रामानन्द चोक र बस पार्क , जानकी मन्दिर ,जनक चौक,कदम चौक पिडारी चौकको क्षेत्रमा अत्यधिक भीडभाड र जामका कारण यात्रुहरूलाई कठिनाइ भइरहेको छ। यात्रुहरूले तोकिएको भाडादरभन्दा बढी रकम असुल्ने गुनासो गरेका छन्।

ADVERTISEMENT

जानकी मन्दिरदेखी शिव चौकको १५ रुपैयाँको भाडा रहेको एक ई-रिक्सा चालकले भने ।तर, चालकहरूले २० रुपैयाँ असुल्ने गरेका छन्। यस्तो अवस्थामा ट्राफिक प्रहरी र स्थानीय प्रशासनले प्रभावकारी निगरानी र कारबाहीको अभाव रहेको देखिन्छ। यसका कारण, रिक्सा चालकहरूले मनपरी भाडा असुल्ने र यातायात व्यवस्थापनमा अस्तव्यस्तता बढेको छ।

यस समस्याको समाधानका लागि जनकपुरधाम उपमहानगरपालिकाले दर्ता नगरी सञ्चालन भइरहेका ई-रिक्साहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। नगर प्रमुख मनोजकुमार साहका अनुसार, अब दर्ता नगरी सञ्चालन हुने ई-रिक्साहरूलाई २ सय रुपैयाँ जरिवाना र कारबाही गरिनेछ। यसका साथै, नगर क्षेत्रमा ई-रिक्सा सञ्चालनका लागि मापदण्डहरू लागू गरिएको छ, जसमा रुट इजाजत, निर्धारित भाडादर, पार्किङ स्थलको व्यवस्थापन र दर्ता भएका सवारी साधनको संकेत राख्नु अनिवार्य गरिएको छ। यसका लागि उपमहानगरपालिकाले सर्वपक्षीय छलफल र कार्यान्वयनका लागि पहल गरिरहेको छ।

यद्यपि, ई-रिक्सा व्यवस्थापनमा अझै सुधारको आवश्यकता रहेको देखिन्छ। स्थानीय प्रशासन र ट्राफिक प्रहरीको सक्रिय निगरानी र कारबाहीले मात्र जनकपुरधाममा ई-रिक्साको व्यवस्थापनमा सुधार ल्याउन सकिन्छ। यसका लागि, नागरिक र सरोकारवालाहरूको सहकार्य र प्रशासनको दृढ इच्छाशक्ति आवश्यक छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार १४:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !