पत्रकार सिबेन्द्र रोहिताको पहिलो पुण्यतिथिमा जनकपुरधाममा दीपप्रज्वलन

पत्रकार सिबेन्द्र रोहिताको पहिलो पुण्यतिथिमा जनकपुरधाममा दीपप्रज्वलन
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ५, सोमबार २२:४२
पत्रकार सिबेन्द्र रोहिताको पहिलो पुण्यतिथिमा जनकपुरधाममा दीपप्रज्वलन

जनकपुरधाम : पत्रकार सिबेन्द्र रोहिताको पहिलो पुण्यतिथिको अवसरमा जनकपुरधामको भानु चौकमा श्रद्धाञ्जली कार्यक्रमसहित दीपप्रज्वलन गरिएको छ।

जनकपुर जेसिजका महासचिव ई. दिपक यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व कोषाध्यक्ष राजकमल सिंह, युवा नेता प्रशान्त झा, शैलेन्द्र चौरसिया, राजेन्द्र यादव,पत्रकार परविनकुमार पण्डितलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकार रोहिताले मधेसको आवाज बुलन्द पार्न खेलेको भूमिकाको स्मरण गर्दै उनको निडर पत्रकारिता, सामाजिक उत्तरदायित्व र मधेसप्रतिको समर्पणको उच्च मूल्याङ्कन गरेका थिए।

एक वर्षअघि यही दिन सवारी दुर्घटनामा परी रोहिताको असामयिक निधन भएको थियो।

कार्यक्रममा दीपप्रज्वलनपछि मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार २२:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !